Sajhamanch Archive

पहिरोले पावर हाउस बगाउँदा ताप्लेजुङमा दुईजनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

ताप्लेजुङ । ताप्लेजुङको पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ । ताप्लेजुङ सिरिजंघा गाउँपालिका वडा नं.४ का ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवेको पहिरोले पुरिएर मृत्यु भएको हो ।

गएराती परेको अविरल वर्षाको कारण सोही स्थानमा रहेको निर्माणधिन नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउस भवन समेत माथीबाट झरेको पहिरोलेको कारण उनिहरूको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सोही आयोजनाको पावर हाउसमा लिम्बु र थेवे अप्रेटरको काम गर्दै आएका थिए । पावर हाउसमै रहेको अवस्थामा पहिरोले पावर हाउस बगाउदा उनिहरुको पनि पुरिएर मृत्यु भएको हो ।

                                                                           स्रोत : पूर्वेली न्यूज 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *