९७९ जना कोरोना संक्रमित थपिए, एक हजार ७३६ जना डिस्चार्ज
Published: (Updated: )
by .झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २१८ जनाको परीक्षणमा ९७९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ४७ हजार २३६ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ७३६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३० हजार ६७७ पुगेको छ ।
Comments