Sajhamanch Archive

सञ्चालनमा आयो बुद्धशान्तिमा बाँस उद्योग

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by .

बुद्धशान्ति । बाँसबाट बन्ने विभिन्न सामग्री उत्पादन गर्न बुद्धशान्तिमा बाँस उद्योग सञ्चालनमा आएको छ ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल लगायत स्थानीय समाजसेवीको उपस्थितीमा बुद्धशान्ति गाउँपालिका वडा नं.१ स्थित होक्सेमा आज उद्योगको उद्घाटन गरिएको हो ।

तीनजनाको लगानीमा सञ्चालनमा ल्याइएको उद्योगबाट सुरुवाती चरणमा बाँसको पानी खाने बोतल, कप, गिलास, जग लगायतका सामग्रीहरु बनाइने र यो नै बाँसका यस्ता सामाग्री उत्पादन गर्ने नेपालकै पहिलो उद्योग रहेको सञ्चालक मनोज प्रसाईले बताएका छन् । त्यस्तै बजारको माग अनुसार बाँसका अन्य विभिन्न सामग्रीहरु समेत उत्पादन गर्दै लैजाने प्रसाईले बताएका हुन् ।

पछिल्लो समय प्लास्टिक जन्य सामग्रीहरुको बढ्दो प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको बेला बाँसका यस्ता अग्र्यानिक उत्पादन वातावरण मैत्री तथा स्वस्थ्यकर रहेकोले सबैले प्रयोग गर्नुपर्ने अर्का सञ्चालक गोकुल पौडेलले बताएका छन् । दैनिक जीवनमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरु बाँसकै बनिने भएकोले स्थानीय क्षेत्रमा पाइने बाँसको प्रयोगबाट बनेका उत्पादन सबैले प्रयोग गर्नुपर्नेमा पौडेलले जोड दिए ।

पछिल्लो समय खुलेका विभिन्न होमस्टे र होटल रेन्टुरेन्टहरुमा अग्र्यानिक सामग्रीहरु प्रयोग हुन थालेको देख्न सकिन्छ । बाँसबाट बन्ने सामग्रीहरु त्यस्ता ठाउँहरुमा पु¥याएर बजारीकरण गरिने अर्का सञ्चालक तथा सञ्चारकर्मी रोसन भट्टराईले बताए ।

स्थानीय तथा केन्द्रीय सरकारको समन्वयमा नेपालमा मात्र नभएर विदेशी मुलुकहरुमा पनि यस्ता नेपालका उत्पादनहरु पु¥याइ बजारीकरण गर्ने सकेमा नेपालको अर्थतन्त्रलाई थप मजबुत बनाउन सकिने बताउँदै सम्पूर्ण नेपालीहरुलाई यस्ता अग्र्यानिक उत्पादन प्रयोग गर्न भट्टराईले अनुरोध गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *