Sajhamanch Archive

प्रजिअ तिमिल्सिनाको अपराधरहित झापा निर्माणको प्रतिबद्धता

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by .

भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले अपराध रहित झापा निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा भर्खरै झापा आइपुगेका प्रजिअ तिमिल्सिनाले गैरकानुनी गतिविधी नियन्त्रण गरी जिल्लामा शान्ति सु–व्यवस्थाका लागि आफू प्रतिबद्ध रहेको बताएका हुन् ।

आफ्नै कार्यकक्षमा झापाली सञ्चारकर्मीहरूसित कुराकानी गर्दै प्रजिअ तिमिल्सिनाले चोरी, तस्करी, सीमा अपराध, नदी दोहन, कालावजारी, ठगी लगायत अबैध कार्य रोक्न सवैसित सहयोगको अपेक्षा समेत राखेका छन् । उनले विभिन्न बाहनामा गरिने कानुन विपरितका कार्य रोकेर शान्ति सु–व्यवस्थाका लागि झापा प्रशासन इमानदार रहने वचन समेत दिएका छन् ।

वागमती प्रदेशको काभ्रेबाट झापा प्रशासनको नेतृत्व लिन आइपुगेका तिमिल्सिनाले झापाको सरकारी सम्यन्त्रलाई सूचनामैत्री बनाउन लागि पर्ने जानकारी दिए । उनले सरकारी कार्यालयहरूका राम्रा नराम्रा पक्षलाई तथ्य र प्रमाणका आधारमा उजागर गर्न अनुरोध गर्दै सञ्चारकर्मी निष्पक्ष हुनु पर्ने धारणा राखेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *