Sajhamanch Archive

भुइँमा फ्यालेको मुडाले लागेर मोरङमा बालकको मृत्यु

Published: in समाज by .

विराटनगर । रुखको मुडाले लागेर मोरङको धनपालथान गाउँपालिका वडा नं.३ चेका टोलमा सोमबार दिउँसो एक नाबालकको मृत्यु भएको छ ।

घटनामा विजय ऋषिदेवका ६ वर्षीय छोरा बसिकरण ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । उनका अनुसार काका सुनिल ऋषिदेव र छिमेकी ललित ऋषिदेवले जंगलबाट ल्याएको झुनझुना प्रजातिको रुखको मुडा भुइँमा फ्याल्ने क्रममा उछिट्टिएर बालकको टाउकोमा लागेको थियो ।

घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि कार्सियास्थित क्लिनिकमा पु¥याएको केही बेरमै दिउँसो १ बजे बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । ‘आँगनमा बालकका खेलिरहेका थिए । त्यस क्रममा काकासहित दुई जना सुकेको मुडा लिएर जंगलबाट आइपुगे,’ दाहालले भने, ‘राख्नुअघि बालकलाई आँगनबाट हटाएका पनि रहेछन् । तर खेल्ने क्रममा अचानक त्यहीँ आइपुगेपछि राख्ने क्रममा भुइँमा बजारिएको मुडाले लागेर घाइते भएका बालकको मृत्यु भयो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *