Sajhamanch Archive

चीनले पाँच भारतीय नागरिकलाई अपहरण गरेको आरोप, चीन मौन

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by .

एजेन्सी । पछिल्लो समय भारत-चीनबीचको सीमा विवादका कारण बढ्दो तनावका बीच फेरि अर्को तनाव सिर्जना भएको छ । गत साता चिनियाँ सेनाले पाँच भारतीय नागरिकहरुलाई सीमा क्षेत्रबाट अपहरण गरेको आरोप लगाइएको छ ।

५ सेप्टेम्बरमा पहिलो पटक अरुणाञ्‍चल प्रदेशका सांसद तापिर गाओले ट्विट गर्दै चिनियाँ सेनाले भारतीय नागरिकलाई अपहरण गरेको जानकारी गराएका थिए । सांसद गाओले ३ सेप्टेम्बरमा सीमा क्षेत्रबाट भारतीय नागरिकलाई अपहरण गरेको बताएका थिए । उनले यस विषयमा कुनै थप विवरण दिएका छैनन् ।

उक्त ट्विटपछि एक भारतीय मन्त्रीले चिनियाँ सेनाले एक शत्रुतापूर्ण सन्देश प्रवाह गरेको बताएका थिए । उनले पत्रकारको प्रश्‍नको जवाफमा भारतीय सेना चिनियाँ सेनाको प्रतिक्रिया पर्खीरहेको बताएका छन् ।

चीनले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । भारतले पछिल्लो समय चीनले सीमा क्षेत्रमा तनाव उत्पन्‍न गराएको आरोप लगाएको छ । तर, बेइजिङले भने सीमामा तनाव उत्पन्‍न गराउने काममा भारत जीम्मेवार भएको बताएको छ ।

मस्कोमा भारतीय रक्षामन्त्री राजनाथ सिंह र उनका चिनियाँ समकक्षीबीचको भेटबाट ‘आइसब्रेकु को अपेक्षा गरिए पनि उक्त भेटपछि ‘वाकयुद्धु थप चर्किएको छ । समस्या समाधानका लागि आफू तयार भएको उल्लेख गर्दै एकले अर्कोलाई आरोप्रत्यारोप लगाउन छोडेका छैन् ।

दुबै मुलुकले सीमा क्षेत्रमा सैन्य उपस्थिति थप बढाएका छन् । यसअघि जुन १४ लद्दाखको गलवान भ्यालीमा दुबै मुलुकबीच हिंसात्मक झडप हुँदा २० भारतीय सेना मारिएका थिए । चीनले उक्त झडपमा आफ्नो तर्फको क्षतिको विवरण सार्वजनिक गरेको छैन ।

त्यसैगरी अगस्त अन्तिममा पनि भारत-चीनबीच तानातानी भएको छ । यसपछि दुबै मुलुकले फेरि रणनीतिक सीमा क्षेत्रमा सैन्य उपस्थिति बढाएका हुन् ।

स्रोत : बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *