Sajhamanch Archive

कपिलवस्तुमा मृत्यु भएका पत्रकारमा कोरोना पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

बुटवल । कपिलवस्तुमा मृत्यु भएका एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन् ।

कपिलवस्तुको तौलिहवाका ६२ वर्षीय ती पत्रकारको सोमबार दिउँसो मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

ती पत्रकारमा उच्च रक्तचाप, मधुमेह र मिर्गौला पनि समस्या थियो । घरमै रहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल तौलिहवा पु¥याइएकोमा अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *