Sajhamanch Archive

विश्वमा पौने ३ करोड कोराना संक्रमित, कोरानोबाट झण्डै ९ लाखले गुमाए ज्यान

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमणबाट आठ लाख ९६ हजार ५९९ जनाको मृत्यु भएको छ । विश्वमा दुई करोड ७४ लाख ७६ हजार ९२० जना कोरोनाभाइरस संक्रमित भएका छन् ।

यद्यपि, विश्वमा कोरोनाभाइरस संक्रमित एक करोड ९५ लाख ६९ हजार ९९३ व्यक्ति कोरोनामुक्त भएका छन् । हाल विश्वमा ७० लाख २९ हजार २०६ व्यक्ति कोरोनाभाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ५९ हजार ९९८ जनाको अवस्था गम्भीर छ ।

चीनको हुबेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोनाभाइरस संक्रमणको कारण संयुक्तराज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा ६४ लाख ८५ हजार ५६७ जना कोरोनाभाइरसका संक्रमित रहेका छन् ।

त्यहाँ ३७ लाख ५८ हजार ६१८ जना कोरोनाभाइरसमुक्त भएका छन् भने एक लाख ९३ हजार ५३४ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा ४२ लाख ७७ हजार ५८४ जना कोरोनाभाइरस संक्रमित रहेका छन् ।

त्यहाँ ३३ लाख २१ हजार ४२० कोरोनाभाइरसमुक्त भएका छन् भने ७२ हजार ८१६ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४१ लख ४७ हजार ७९४ जना कोरोनाभाइरस संक्रमित रहेका छन् । त्यहाँ ३३ लाख ५५ हजार ५६४ कोरोनाभाइरसमुक्त भएका छन् भने एक लाख २७ हजारको मृत्यु भएको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *