Sajhamanch Archive

धनकुटामा निषेधाज्ञा हट्यो

Published: in समाज by .

धनकुटा । धनकुटामा निषेधाज्ञा हटेको छ । जिल्ला संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले सीमामा कडाइ गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

पटक-पटक थपिएको निषेधाज्ञा हटेपछि जनजीवन सामान्य बन्न थालेको छ । बैठकले कोरोना भाइरसको सङ्क्रमण अवस्था रहेका जिल्लासँग जोडिएका नाकामा बाह्य आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएकाबाहेक व्यापार, व्यवसायलाई सुरु गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए ।

प्रत्यक्ष रुपमा तराईका जिल्लासँग जोडिएका ठाउँबाट आउने गाडी तथा सर्वसाधारणको आवागमनलाई ठप्प पार्ने र अन्य मापदण्ड अनुसार खोल्ने निर्णय भएको भएको पनि सहायक प्रजिअ श्रेष्ठले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *