Sajhamanch Archive

प्रदेश १ का १४२ सहित २३ सय २० प्रहरीमा कोरोना 

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ७७३ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

हालसम्म प्रहरीमा तीन डीआईजीसहित कोरोना संक्रमितको संख्या दुई हजार तीन सय चार पुगेको छ । जसमध्ये १३ सय चारजना सक्रिय संक्रमित छन् ।

एक हजार १६ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ७५ र काठमाडौं उपत्यकाका ६९८ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १४२, प्रदेश २ मा ६४, वाग्मती प्रदेशमा ७२, गण्डकीमा ८३, प्रदेश ५ मा १०९, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *