Sajhamanch Archive

शिवसताक्षीका एक स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । शिवसताक्षीका एक स्वास्थ्य कर्मीसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिवसताक्षी नगरपालिकाका स्वास्थ्य कर्मी एकजना र वडा नं. ६ शिवगञ्जका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शिवसताक्षी नगरपालिका वडा नं. ६ का ४८ र ६५ वर्षीय महिला र ६ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको नगरका स्वास्थ्य कर्मी  संजय ठकुरीले जानकारी दिए ।

यस अघि शिवसताक्षी ६ निवासी विर्तामोड एनआईसी बैकमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि कन्ट्रयाक्ट टेङसिङका क्रममा गएको १९ गते २५ जनाको स्वाव संकलन गरी पिसिआर परिक्षणका लागि धरान पठाइएको थियो । जसमा ४ जनामा कोरोना पोजेटिभ देखिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शिवसताक्षी ६ का दुई महिला यस अघि देखिनै होम क्वारेन्टाइनमा बसेका थिए । भोलीबाट संक्रमितको कन्ट्रयाक्ट टे«सिङ गरिने स्वास्थ्य कर्मी ठकुरीले जनाकारी दिए ।

हाल संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य सामान्य रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *