Sajhamanch Archive

काेराेनाबारे भ्रम फैलाउने विरुद्ध कारबाही प्रक्रिया सुरु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । कोभिड–१९ (कोरोना भाइरस) को बारेमा भ्रम फैलाउने विरुद्ध कारबाहीका लागि प्रक्रिया सुरु भएको छ ।

सामाजिक सञ्जाल लगायतमा कोरोना भाइरस केही होइन र यो भाइरस जानी- जानी उत्पति गराइएको भन्दै भ्रम छर्ने विरुद्ध कारबाही प्रक्रिया थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

प्रवक्ता गौतमले कोरोनालाई लिएर समाजमा भ्रम फैलाउनेलाई कारबाही हुने भएकाले भाइरसको सङ्क्रमणलाई गम्भीर रुपमा लिएर सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *