Sajhamanch Archive

रोनाल्डो चम्कँदा पोर्चुगलको सहज जित

Published: in खेलकुद by .

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीका लागि कीर्तिमानी १०० गोल पूरा गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिगमा सहज जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा पोर्चुगलले स्विडेनमाथि २–० गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डोले दुई गोल गरे ।

खेलको ४५ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै विश्व फुटबलमा आफूलाई राष्ट्रिय टोलीका लागि १०० गोल पूरा गर्ने खेलाडीको रुपमा स्थापित गरेका छन् । खेलको ७२ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–० गोलको जित दिलाए ।

जितसँगै समूह सी को पोर्चुगलले दुई खेलबाट ६ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । समान अंक रहेको फ्रान्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *