स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण देखिएपछि शिवसताक्षी नगरपालिका कार्यालय शिल
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय शिल गरिएको छ ।
नगरपालिकामा बुधबार बिहान बसेको बोर्ड बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै एक साता नगरपालिका कार्यालय शिल गर्ने निर्णय गरेको वडा नं. ९का वडाध्यक्ष छविलाल पाठकले जानकारी दिए । उनका अनुसार नगरका अन्य ११ वटैवडाहरु भने खुल्ला रहने छन् ।
कन्ट्रयाक्ट ट्रेटिङको क्रममा नगरका स्वास्थ्य संयोजक र वडा नं. ६ का तीन जनालाई मंगलबार कोरोना पोजेटिभ देखिएको थियो ।
नगरबासीका अत्यावश्यक कामका लागि वडाकार्यालयहरु खुल्ला गरिने नगरपालिकाले जनाएको छ ।
Comments