Sajhamanch Archive

तोलाको ६ सयले बढ्यो सुनको मूल्य

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य बुधबार ९६ हजार ४ सय रुपैयाँ कायम गरिएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि ६ सयले नै बढेर ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

चाँदी हिजोभन्दा ५ रुपैयाँ महँगिएको छ । नेपाली बजारमा आज चाँदीको भाउ १३ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *