Sajhamanch Archive

‘कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली मात्रै नबर्साउनुस्’

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री गगन थापाले महामारीमा सरकारको उपस्थिति निषेधाज्ञा घोषणा गर्ने सीडीओ र कोरोनासम्बन्धी आँकडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता रुपमा मात्र देखिएको छ ।

कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा बसेको तथा रोग र भोगबाट आहत नागरिकलाई सीडीओ र प्रवक्ताको भरमा छाडेको उनले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सीडीओ र प्रवक्ताको पछाडि लुकेर बसेको राजनीतिक नेतृत्व दुलोबाट निस्केर नागरिकसँग संवाद गर्ने हिम्मत गरोस् । अनेकन समस्याका बावजुद सिडियोको आदेश मानेर आम नागरिक घर भित्र बसिरहँदा, सरकार के गर्दै थियो त्यो बताओस् ।’

सीडीओको मुखबाट निषेधाज्ञाको आदेश र स्वास्थ्य मन्त्रालयको प्रवक्ताको मुखबाट कोरोना(अपडेट सुनाएर समाधान हुन्छ भन्ने सोच्दा नागरिकको धैर्यताको बाँध कुनैपनि बेला फुट्नसक्ने भन्दै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

‘कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली मात्रै जनतातर्फ नबर्साउनुहोस् । यस्तै चलिरहने हो भने, नागरिकले सरकारको कुरा सुन्न छाड्नेछन् । कोरोनाको अहिलेको अवस्थामा नागरिकले सरकारको कुरा सुन्न छाडे भने देश ठूलो संकटमा फस्नेछ,’ उनले भनेका छन्, देशलाई जानी जानी त्यस्तो संकटतर्फ नधकलौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *