Sajhamanch Archive

हात्तीको बथानले एकैरातमा दुई विघाको धानबाली सखाप

Published: in मिडियाबाट साभार, समाज by .

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिरेको जंगली हात्तीको बथानले मंगलबार राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं.३ जोनापुरका किसानको दुई विघा जग्गामा लगाएको धानबाली खाएर नोक्सानी पुर्‍याएको छ।

आठवटाको संख्यामा आएको हात्तीको बथान किसानका खेतमा छिरेको बताइएको छ। मध्यराति किसानका खेतमा छिरेको हात्तीको बथानले स्थानीय किसान चेतराम डगौरा, गंगाराम डगौरा र सीताराम डगौराको गरी दुई विघा बढी जग्गामा लगाएको धानबालीमा व्यापक नोक्सानी पुर्‍याएको हो।

‘पाक्नै लागेको धानबाली हात्तीको बथानले खाएर र खुट्टाले कुल्चेर तीन जना किसानको खेतमा व्यापक नोक्सानी पुर्‍याएको छ’ वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, ‘अन्य किसानको खेतमा हात्तीको बथानले यताउता हिँडदै गर्दा खुट्टाले च्याप्दा पाकेको धान झारिदिएको छ।’ ‘हात्ती नियन्त्रणका लागि स्थानीय किसानले विद्युतीय फेन्सिङ तार जडान गरिदिन माग गर्दै आएका छन्।

स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *