Sajhamanch Archive

१ हजार ८१ जना कोरोना संक्रमित थपिए, ९१८ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १६७ जनाको परीक्षणमा १०८१ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ४९ हजार २१९ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *