Sajhamanch Archive

खोलाले बगाउदा झापामा बालकको मृत्यु

Published: in समाज by .

झापा । झापाको कनकाई नगरपालिका वडा नं.९ स्थित बिरिङ खोलाले बगाउदा एक बालकको बुधबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं.९ स्थित घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साह छन । आज दिउसो भैसीलाई पानी खुवाउनका लागि खोलामा लगेको बेला उनलाई उक्त खोलाले बगाएको थियो ।

स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *