शिवसताक्षीमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको ६ नं. वडामा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ९ वर्षीय, ३८ वर्षीय,३९ वर्षीय पुरुष र ६ वर्षीय र २८ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको सतासी प्रा.वि. क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जनाकारी दिए ।
उनीहरु सबैलाई होम आइसोलसनमा राखिएको नगरपालिकाले जनाएको छ । बुधबार दुई महिलामा कोरोना पुष्टि भएकोमा एक जनामा रिर्पोट नेगेटिभ आएको संयोजक अधिकारीले जानकारी दिए । हालसम्म वडा नं. ६ मा मात्र संक्रमितको संख्या ११ पुगेको छ ।
मंगलबार नगरका स्वास्थ्य संयोजकलाई कोरोना देखिएपछि आज ९७ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । जसमा सतासी प्रा.वि.को क्वारेन्टानका १५ जना, होम क्वारेन्टाइनका ९, बाहिर सम्भावित स्थानबाट १ जना र अन्य नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि रहेको संयोजक अधिकारीले जानकारी दिए ।
हाल नगरमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । एक जना शिवसताक्षीमा कार्यरत दमक निवासी हुन् भने, तीन जना पाथिभरा शसस्त्र प्रहरी गणमा कार्यरत प्रहरी हुन् ।