Sajhamanch Archive

वैशाखयता विपदका घटनामा ३४६ को मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । बाढी, पहिरो र चट्याङका घटनामा परी वैशाख १ गतेयता ३४६ जनाले ज्यान गुमाएका छन् भने ८५ जना बेपत्ता भएका छन् । विपद्को घटनामा परी ३९७ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ वैशाख १ गतेदेखि भदौ २४ गतेसम्म पहिरोका घटनामा परी २५० जनाले ज्यान गुमाएका छन् । पहिरोमा परी ४९ जना बेपत्ता छन् भने १९१ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म ३९ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । बाढीका घटनामा हालसम्म ११ जना घाइते भएका छन् ।

यसैगरी चट्याङ लागेर ५७ जनाको मृत्यु भएको छ भने १९५ जना घाइते भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *