Sajhamanch Archive

झापामा १२ जना कोरोना संक्रमित थपिए

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज ६ वर्षकादेखि ५५ वर्ष उमेरसम्मका १२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार शिवसताक्षी नगरपालिका वडा नं. ६ का ६, ९, २८, ३८ र ३९ वर्षका २ जना महिला र ३ जना पुरुष, कमल गाउँपालिका वडा नं.६ का २५ र ५५ वर्षका २ जना पुरुष, बाह्रदशी गाउँपालिका वडा नं.५ का १४ र २० वर्षका २ जना पुरुष छन् ।

त्यस्तै भद्रपुर नगरपालिका वडा नं.२ का २८ र ४७ वर्षीय २ जना पुरुष र दमक नगरपालिका वडा नं.१० का २० वर्षीया १ जना महिलामा कोरोना भाइरसको संक्रमण भएको उनले बताए ।

संक्रमित भद्रपुर र दमक नगरपालिकाका भारतबाट आएका थिए भने अरु पालिकाका सबै स्थानीय रहेको चौलागाईले जानकारी दिए ।

बाह्रदशीका १ जना संक्रमित कनकाईका स्थानीय हुन् भने भद्रपुरका २ जनामध्ये १ जना हेटौडा र अर्का मुगु जिल्लाका स्थानीय रहेको जनाईएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ७१३ पुगेको छ भने निको भएर घर फर्किएका ५२५ जना छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *