Sajhamanch Archive

बेरूतको बन्दरगाह नजिकै ‘ठूलो आगलागी’

Published: in विश्व समाचार by .

एजेन्सी । लेबनानको राजधानी बेरूतस्थित बन्दरगाहमा बिहीबार विशाल आगलागी भएको एलबीसीआई नामक स्थानीयस टेलिभिजन च्यानलले जनाएको छ । लेबनानी सेनाले एउटा भण्डारगृहमा ‘वेल्डिङ’ गर्ने क्रममा नजिकै रहेको भण्डार गरिएको तेल र टायरमा सल्किँदा आगलागी भएको बताएको छ ।

स्थानीय स्वयम्सेवक र सुरक्षाकर्मीहरूले आगो निभाउन जुटेका छन् भने उक्त स्थानबाट सयौँको सङ्ख्यामा स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।बेरूतमा शक्तिशाली विस्फोट भएको करिब एक महिनापछि उक्त आगलागी भएकोले स्थानीय वासिन्दा त्रसित देखिएका छन् ।

लेबनानीहरूले ‘ह्वाट्स एप’ लगायतका सामाजिक सञ्जालमार्फत् धुवाँको कालो मुस्लोसहितका भिडियोहरू सार्वजनिक गरेका छन् । बेरूतको बन्दरगाहमा यसै वर्षको अगस्ट ४ मा दुई ठूला विस्फोटहरू हुँदा कम्तीमा १९० जनाको मृत्यु भएको थियो भने त्यस शहरको ठूलो भाग प्रभावित भएको थियो । विस्फोटमा करिब छ हजार मानिस घाइते भएका थिए भने हजारौँको सङ्ख्यामा विस्थापित भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *