Sajhamanch Archive

कस्तो छ आजको मौसम !

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर सामान्यतयादेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, वागमती प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *