सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बस्दै
Published: (Updated: )
by .काठमाण्डौ । लामै समयदेखि विवादमा रुमलिएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज (शुक्रबार) बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
पार्टीभित्रको आन्तरिक लफडाले लामै सयमदेखि स्थागित हुँदै आएको बैठक आज बस्न लागेको हो । साउन १३ यता बैठक बस्न सकेको थिएन ।
साउन दोस्रो सातापछि बैठक बस्न नसक्दा विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा निकास खोज्ने प्रयास अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । कार्यदलको प्रतिवेदनका आधारमा तयार पारिएको सहमतिको खाका बैठकमा छलफलका लागि पेस हुने नेकपाका एक नेताले जानकारी दिए ।
पछिल्लो सहमति अनुसार ओलीले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने र दाहाल पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा रहने एक खालको सहमति पार्टीभित्र बनेको छ । यो सहमतिलाई पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल समूह मान्न तयार छैन । नेपाल समूहले सहमतिमा आलोचनात्मक टिप्पणी जनाउने बताइएको छ।
नेपाल समूहले दुई अध्यक्षबीच मात्रै भएका सहमतिले निकास नदिने भन्दै पार्टीलाई विधि र विधानका आधारमा अगाडि बढाउनुपर्ने माग गर्दै आएको छ।
Comments