Sajhamanch Archive

सुनको मूल्य तोलाको ३ सयले घट्यो

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीकै मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ सय र चाँदी १५ रुपैयाँले सस्तिएको हो ।

छापावाल सुन बिहीबार ९६ हजार ८ सयमा कारोबार भएकामा शुक्रबारका लागि ९६ हजार ५ सय कायम भएको छ । तेजाबी सुन तोलाको ९६ हजार रुपैयाँमा झरेको छ ।

चाँदी भने तोलाको १३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदीको मूल्य १३ सय २५ रुपैयाँ प्रतितोला कायम थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *