Sajhamanch Archive

झापा केन्द्र भएर ५ रेक्टरको भूकम्प

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । झापाको बाहुनडाँगी केन्द्र भएर आज विहान भूकम्प गएको छ। नेपाल–भारत सीमा क्षेत्र बाहुनडाँगी भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

भूकम्पको धक्का इलाम, झापा, पाँचथरलगायतका जिल्लामा पनि महसुस भएको थियो। बिहान ९ बजेर ३० मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *