Sajhamanch Archive

कथा काठमाडौंको दोस्रो गीत रिलिज

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाडौं । फिल्म कथा काठमाडौुंको दोस्रो गीत रिलिज भएको छ।
बिहिबार युट्युबमार्फत फिल्ममा समावेशजुन अनि तारा बोलको गीत रिलिज गरिएको हो।

सार्वजनिक उक्त गीतमा सुगम पोखरेलको स्वर सुन्न सकिन्छ। इशान सुब्बाको शब्द रहेको गीतमा दिपेश सुब्बाको संगीत रहेको छ।

भिडियोमा फिल्मका मूख्य कलाकारहरु भिडियोमा प्रमोद अग्रहरी, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी, संजोग कोइराला, सन्ध्या केसी फिचरिङ गरिएको भिडियोमा एकोहोरो प्रेम, कुलतमा फसेको काठमाडौंको युवाको अवस्थालाई देखाइएको छ।

सञ्चारकर्मीसमेत रहेकी संगीता श्रेष्ठले निर्देशन गरेको फिल्ममा प्रियंका र प्रमोदसँगै आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारी लगायतको पनि मुख्य भूमिका रहेको छ।

विजय राईको निर्माण रहेको ‘कथा काठमाडौं’को पटकथा पनि निर्देशक श्रेष्ठले नै लेखेकी हुन्। लुज सिंहले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका छन्। फिल्म असोज १२ बाट प्रदशर्नमा आउँदै छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *