Sajhamanch Archive

कोरोना महामारीपछि विदेशबाट ६१ हजार नेपाली फर्किए

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by .

काठमाडौं । कोरोना भाइरसको महामारीपछि गत जेठबाट सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । अहिलेसम्म विभिन्‍न चार्टर्ड उडानमार्फत ३० देशबाट ६१ हजार ७१० नेपाली स्वदेश आइपुगेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा समस्यामा परेका श्रमिकको उद्धारका लागि ३९६ वटा उडानबाट उनीहरू नेपाल फर्किएका हुन् । कोरोना कहामारी पछि भएको ३९६ मध्य २७ वडा उडान भने नियमित उडान भएको केन्द्रले जनाएको छ ।

स्वदेश फर्किएकामध्ये ४४ हजार ४८१ जना आफ्नो प्रदेश गएका छन् भने चार हजार ७०४ जना होटेल क्‍वारेन्टिनमा छन् । यस्तै ६ हजार ९६८ जना होम क्‍वारेन्टिनमा, ४ हजार ८६४ जना लोकल क्‍वारेन्टिनमा र ६३ जना अस्पतालमा रहेको केन्द्रले जनाएको छ ।

कुन प्रदेशका कति जना फर्किए 

विदेशबाट फर्किनेमा सबैभन्दा धेरै वाग्मती प्रदेशका छन् । वागमती प्रदेशमा मात्रै १६ हजार ८५१ जना नेपाली फर्किएका छन् । यस्तै सबैभन्दा कम वैदेशिक रोजगारीबाट फर्किनेमा प्रदेश कर्णाली प्रदेश हो । कर्णालीमा एक हजार ३८२ जना नेपाली फर्किएका छन् भने सुदूरपश्चिमका एक हजार ५७१ नेपाली फर्किएका छन् ।यस्तै प्रदेश ५ मा दश हजार २९७ जना, गण्डकीमा ८ हजार ८२ जना, प्रदेश २ मा १० हजार ५०० जना र प्रदेश १ मा १३ हजार २७ जना स्वदेश फर्किएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *