Sajhamanch Archive

शिवसताक्षीकी एक सुत्केरी महिलामा कोरोना पोजेटिभ

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ की २३ वर्षीय सुत्केरी महिलामा कोरोना संक्रमण देखिएको छ ।

उनी सुत्केरी गराउन पाँच दिन अघि नोवेल हस्पिटल विराटनगर गएकी थिइन् ।

संक्रमण देखिएपनि महिलाले बच्चा जन्माइसकेको शिवसताक्षी नगरपालिकाका क्वारेन्टाइन प्रमुख रोशन अधिकारीले जानकारी दिए । हाल आमा र बच्चाको अवस्था सामान्य रहेको छ ।

उनलाई सुत्केरी गराउन अघि अस्पतालले पिसिआर परीक्षण गराएको थियो ।  संयोजक अधिकारीका अनुसार उनी घर आइसकेपछि होम आइसुलेसनमा बस्ने छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *