Sajhamanch Archive

आँचल लेख्छिन्, ‘म हाँसेको देखेर रिसाउनेलाई लभ यू’

Published: in गीत/संगीत/मनोरञ्जन by .

नायिका आँचल शर्मा आफ्नो बोलीका कारण बारम्बार चर्चामा आउँछिन् । आँचलले अन्तरवार्ता दिने क्रममा बोलेको कैयौ विषयहरु सामाजिक संजालमा अहिले पनि भाइरल छन् । तर, बिहेपश्चात भने उनी बारम्बार ट्रोलको शिकार भैरहेकी छिन् । बिहेको पार्टीमा लगाएको १६ लाखको लेहेंगा होस् या हालै मात्र पब्जी र टिकटकको विषयमा बोलेको कुराले नै किन नहोस्, आँचल ट्रोलको शिकार भइन् ।

हुनत, आँचललाई यस्ता ट्रोलमा आउने प्रतिक्रियाले हैरान बनाउँछन् । तर, यसलाई वेवास्ता गर्दै अगाडि बढ्नु अहिलेको समयमा सेलिब्रिटीका लागि सहज भने छैन । अर्कोतिर, आँचल शर्माको विषयमा विभिन्न खालका चर्चा गर्न चलचित्र क्षेत्र भित्रकै चलचित्रकर्मी पनि पछाडि छैनन् । यो कुरा आँचललाई पनि राम्रोसँग थाहा छ ।

तर, यी कुराले आफ्नो मुस्कानमा भने कुनै असर नगर्ने आँचलको तर्क छ । सामाजिक संजालमा उनी लेख्छिन्–‘म हाँसेको देखेर रिसाउनेलाई पनि लभ यू ।’ आँचलले आफ्नो मुस्कान देख्दा रिस उठ्ने मानिससँग पनि आफ्नो कुनै गुनासो नभएको भन्न खोजेको प्रष्ट छ ।

सेलिब्रिटी भैसकेपछि धेरै नकारात्मक कुरालाई वेवास्ता गर्दै अगाडि बढ्नु मात्र होइन, आफूलाई नकारात्मक भन्नेहरुलाई सकारात्मक नजरले हेर्न पनि आवश्यक छ । सायद, आँचल सोही बाटोमा हिड्न खोजेको उनको स्टाटसबाट वुझ्न सकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *