Sajhamanch Archive

खोपको विकास नहुँदासम्म लगाउनै पर्छ मास्क ?

Published: in टिप्स/जानकारी, स्वास्थ्य by .

विश्व अहिले कोरोना खोपको प्रतीक्षमा छ । तर यसको खोप तयार नभएसम्म भाइरससँगै बाँच्नुपर्छ भन्ने आवाजहरू समेत आउने गरेको छ । यो रोगबाट बच्ने एउटै विकल्प छ, होसियार हुनु । अहिले विश्वभरि नै कोरोनाको खोपको परीक्षा जारी छ । तर यसको पूरा परीक्षण प्रक्रिया पूरा गर्न समय लाग्ने भएकोले त्यस्तो अवस्थामा विशेषज्ञले यसलाई रोक्न केही उपाय पनि बताउने गरेका छन् ।

विज्ञहरूका अनुसार यो भाइरसले ती व्यक्तिहरुलाई लक्षित गरिरहेको छ जसको रोग प्रतिरोध शक्ति कमजोर छ । यस्तो अवस्थामा, यदि वैज्ञानिकहरू विश्वास गर्छन् मास्क नै एउटा यस्तो विधि हो जसले केवल भाइरसबाट मात्रै जोगाउँदैन यसले बिस्तारै शरीरमा प्रतिरोधी क्षमता विकास गर्न समेत अप्रत्यक्ष रूपले समेत भूमिका खेलेको हुन्छ ।

मास्क लगाउनु किन प्रभावकारी छ ?

वैज्ञानिकहरूका अनुसार मास्कले कोरोना पूर्ण रूपमा रोक्न सक्दैन तर यसले केवल संक्रमणको जोखिम कम गर्छ । जुनसुकै घातक भनिएको भाइरसले सामान्य सावधानी अपनाउने हो भने पनि ज्यानै लिने खालको हुँदैन । धेरै रोगलाई सामान्य सम्झिएर सचेत नहुँदा धेरैको ज्यान जाने गर्छ ।

अनुसन्धानमा प्रभावी मास्क

न्यु इङ्ग्ल्याण्ड जर्नल अफ मेडिसिनको क्यालिफोर्निया विश्वविद्यालयका मोनिका गान्धी र जर्ज रदरफोर्डका अनुसार मास्क लगाउनुले कोरोनाको जोखिमलाई कैयौं गुणा कम गराउँछ । एउटा अध्ययनले यो कुरा पनि पत्ता लगाएको छ कि मास्कले कोरोना युक्त थुकका छिटालाई फिल्टर गर्दछ । त्यस्तै, मास्क लगाउँदा कुनै पनि व्यक्तिको शरीरमा इनोक्युलम कम हुन्छ । यतिमात्र होइन यो सिद्धान्तलाई मुसामा प्रयोग समेत गरिएको थियो । सो क्रममा समेत यो सिद्धान्तले सफलता प्राप्त गरेको छ ।

सो अध्ययनले कुरा पत्ता लगाएको छ कि मास्क लगाउने मुसामा अर्को मुसाको भन्दा कम संक्रमण भयो । जसको अर्थ हो कि मास्कले भाइरसको संक्रमण घटाउँछ । वैज्ञानिकहरूका अनुसार मास्क लगाउँदा भाइरस कम मात्रामा शरीरमा छिर्ने सम्भावना हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *