Sajhamanch Archive

राष्ट्रिय क्रिकेटर भण्डारी मोटरसाइकल दुर्घटनामा घाइते

Published: in खेलकुद by .

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारी मोटरसाइकल दुर्घटनामा परेका छन् । कञ्चनपुरमा ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आउँदै गरेको भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा मोटरसाइकलको पछाडि बस्ने करण ठगुन्ना पनि घाइते छन् ।

दुवै जनाको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको कञ्चनपुरका डीएसपी अमर थापाले बताए । भण्डारीको टाउको, कम्मर र हातमा चोट रहेको थापाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *