Sajhamanch Archive

प्रविन र रचनाले गाए राष्ट्रकविको सम्झनामा ‘उनको प्रिती’ (भिडियो)

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

स्व.राष्ट्रकवि माधवप्रसाद घिमिरेले वि.सं २०२४ सालतिर अर्थात आजभन्दा ५३ वर्ष अघि कोरेको ‘उनको प्रीति’ बोलको गीत नयाँ भर्सनमा आएको छ । २०६० सालमा पहिलोपटक रेकर्ड गरिएको गीतलाई संगीतकार नारायण रायमाझीले राष्ट्रकविको सम्झनामा केहि फरक शैलीमा तयार पारेर ल्याएका हुन् ।

गीत दिँदै गर्दा राष्ट्रकवि घिमिरेले नारायण रायमाझीलाई त्यतिबेला सोधेका थिए रे-‘प्रेम गरिन्छ, कि हुन्छ ?’ संगीतमा तपाईले दिने लोकधुन मलाई विशेष लाग्छ भन्दै आफुलाई घिमिरेले यो गीत दिएको रायमाझीले सम्झिए ।

पहिले जगदिश समाल र सपनाश्रीको स्वरमा रेकर्ड भएको यो गीत अहिले भने नेपाल आइडलबाट उदाएका नवगायक प्रविन वेडवाल र रचना रिमालको स्वरमा रेकर्ड गरिएको छ । गीतको भिडियो छायाँकन तथा सम्पादन मिराज अर्यालले गरेका हुन् भने संगीत संयोजन र मिक्सिङ क्रमशः बीबी अनुरागी र श्याम श्वेत रसाईलीको रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *