Sajhamanch Archive

कमल बाल सञ्जालद्धारा बाल दिवसको अवसरमा बक्तृत्वकला

Published: in शिक्षा, स्थानीय तह by .

कमल । कमल गाउँपालिकामा आज कमल बाल सञ्जालले बाल दिवसको अवसरमा कमल गाउँपलिकामा रहेका माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

राष्ट्रिय बालदिवस–२०७७ को अवसरमा “बाल मैत्री स्थानिय शासन प्रवद्धनमा बालबालिकाको भूमिका” विषयक शिर्षक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

विपद्मा वाल अधिकारको सुनिश्चतता  हामी सबेको साझा प्रतिवद्ताको नाराका साथ कमल बाल सञ्जालको आयोजना तथा कमल गाउँपालिकाको सहयोग र समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो ।
कोरोना महामारीको यस विषम परिस्थीतिमा बालबालिकाहरु विद्यालय नगई घरमा नै बसिरहनु परेको यस अवस्थामा विद्यार्थीहरुको हौसला बढाउन विपन्न बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता भन्ने मूल नारा सहित कमल गाउँपालिकाको सहयोगमा कार्यक्रमको आयोजना गरिएको कमल बाल सञ्जालकी अध्यक्ष प्रितिका सुबेदीले बताइन् ।

बक्तृत्वकला प्रतियोगिताको आयोजना भर्चुअल माध्यमबाट गरिएको थियो । प्रतियोगितामा सहभागीमध्ये प्रथम स्थान कमल ५ स्थित मंगलमय मा.वि की छात्रा रंजना बस्नेत, द्वितीइ कमल २ स्थित कमला मदन आश्रित स्मृती मा. वि. की छात्रा सेबीका पराजुली, तृतीय कमल ३ स्थित शहिद धर्मभक्त मा.वि. की छात्रा अंकिता सुवेदी र कमल २ स्थित पाथिभरा बोर्डिङ्ग स्कुलका छात्र हिमाल अधिकारी चौथो भएका थिए ।

प्रतियोगितामा कमल गाउँपालिकाका ९ वटा सामुदायिक, एउटा निजि विद्यालय र ब्राइट फयुचर बाल क्लब गरि ११ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विजयी विद्यार्थीहरुलाई प्रमाण पत्र र नगद द्वारा पुरस्कृत गरिने कमल गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतमले जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *