झापामा २२ संक्रमित थपिए
Published:
by .झापा । झापामा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ६ जना महिला र १६ जना पुरुष रहेका छन् ।
बाह्रदशी गाउँपालिकामा ५ जना, दमक नगरपालिकामा ८ जना, भद्रपुर नगरपालिकामा ४ जना, शिवसताक्षी नगरपालिकाका ३ जना, गौरादह नगरपालिकामा १ जना र मेची नगरपालिकाका १ जना संक्रिमत रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।
बाह्रदशीका दुई महिला र तीन पुरुष, दमक नगरपालिकाका एक महिला र सात पुरुष, भद्रपुरका एक महिला र तीन पुरुष, शिवसताक्षीका एक महिला र दुई पुरुष, गौरादहका एक महिला र मेचीनगरका एक पुरुष रहेका छन् ।
योसँगै आजसम्म झापामा कुल कोरोना संक्रमितको संख्या ७६९ पुगेको छ । हिजोसम्म झापामा ६२९ जना डिस्चार्ज भएर घर फर्की सकेको छन् भने कोरोनाबाट हाल सम्म झापामा ३ जनाको मृत्यु भइसकेको छ ।
Comments