Sajhamanch Archive

जनस्तरबाट स्थापित पिसिआर ल्याबको उद्घाटन

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । झापाको कनकाई नगरपालिका १ स्थित कोटिहोममा जनस्तरबाट स्थापित पिसिआर ल्यावको उद्घाटन गरिएको छ । एक अभियान अन्तरगत स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला (पीसीआर ल्याब) को प्रदेश सरकार प्रमुख सोमनाथ अधिकारी प्यासीले उद्घाटन गरेका हुन् ।

पिसिआर ल्याबको उद्घाटनका क्रममा बोल्दै प्रमुख प्यासीले सबै जनता, दल र सरकारको साझा मेहनतबाट उक्त पिसिआर मेशिनको स्थापना हुन सकेको भन्दै झापावासीको सामुहिक भावनाको सिको सबै देशबासीले गर्नुपर्ने बताए ।

उद्घाटनका क्रममा बोल्दै मन्त्री कार्कीले कोरोना यो महामारीमा जनस्तरबाट गरिएको कामको प्रशंसा गर्दै पीसीआर ल्याबको स्थायित्वको जिम्मा प्रदेश सरकारले लिने आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कीले बताए ।

उनले असोज १ गतेदेखि लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन चल्ने भएकाले कोरोना संक्रमण केही दिन वा महिना बढ्ने जानकारी दिए । “त्यस्तो परिस्थितिका लागि हामी मानसिक र भौतिक रुपमा तयार हुनुपर्छ”, उनले भने, “त्यसका लागि यस्ता ल्याब सहायकसिद्ध हुनेछन् ।”

उनले जनस्तरबाट शुरु गरिएका कोरोना विरुद्धको अभियानमा सबै राजनीतिक दल, संघसंस्था र सरकारले साथ दिनुपर्नेमा जोड दिए । “कसैले ल्याब स्थापना गर्छ, कसैले क्वारेन्टिनलाई खाना खुवाउँछु, आइसोलेसन बनाउन सहयोग गर्छु भन्यो भने त्यसलाई कामलाई सबैले सहयोग गर्नुपर्छ”, उनले भने, “त्यसमा सरकारले पनि भरपूर सहयोग गर्नुपर्छ ।”

मन्त्री कार्कीले ल्याबलाई अन्य बेला पनि प्रयोग गर्न मिल्ने बहुउपयोगी बनाउन सकिने खालको प्रस्ताव ल्याउन आग्रह गरे। प्रदेश सरकारले सोका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *