Sajhamanch Archive

एकल महिलाको संरक्षणमा रहेका बालिका एसओएसले लियो जिम्मा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

भद्रपुर । मानव अधिकारका लागि एकल महिला झापाको संरक्षणमा रहेका दुई बालिकालाई अभिभावकत्वका लागि एसओएस बालग्राम इटहरीको जिम्मा लगाइएको छ ।

६४ दिनदेखि अभिभावकविहीन भएका ती बालिकालाई संरक्षण गरिरहेको एकल महिलाले भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको रोहबरमा बालग्रामका प्रमुख डिसी चौधरीलाई जिम्मा लगाइएको हो ।

आफन्तबाट यौन हिंसामा परेका बालिकाका अन्य आफन्त नभएपछि एकल महिलाको छहारीमा असार ३१ गतेयता संरक्षण गरेर राखिएको थियो ।

कञ्चना सिटौलाको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का, एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारी लगायतले बालिकाको संरक्षणका लागि एसओएसबाट यथेष्ट भरथेग हुने अपेक्षा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *