Sajhamanch Archive

मेचीनगरका आधादर्जन बढीले कोरोना जितेर घर फर्के

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । झापाको मेचीनगरका विभिन्न वडाका सातजना नोवल कोरोना भाइरस कोभिड १९ कोे संक्रमणबाट मुक्त भएर विहिबार डिस्चार्ज भएका छन् ।

उनीहरुलाई मेचीनगर—११ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थापन गरिएको आइसोलेसन सेन्टरबाट डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा तीनमहिलासहित सातजना रहेका छन् ।

पीसीआर परीक्षणका लागि भदौ २९ गते उक्त आइसोलेसन सेन्टरमा रहेका ९ जनाको थ्रोड स्वावको नमूना संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्र्रतिष्ठान धरानको माईक्रो बायोलोजिकल विभागमा पठाइएको थियो ।

विहीबार प्रतिष्ठानबाट प्राप्त रिपोर्टमा अन्य दुईजना बाहेक सवैको रिपोर्ट नेगेटिभ देखिएपछि सुरक्षित र व्यवस्थितरुपमा होेम क्वारेन्टाइनमा बस्ने गरी सवैलाई डिस्चार्ज गरिएको सापकोटाको भनाई छ । मेचीनगर १० का ३५ र २१ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । हाल आइसोलेसनमा चारजना रहेका छन् ।

यो संगै उक्त आइसोलेसन सेन्टरबाट मात्र नोवल कोरोना भाइररस काोेभिड १९ को संंक्रमणबाट मुक्त भएर डिस्चार्र्ज हुनेको संख्या २३ पुगेको छ । मेचीनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक शशीकला राई, आइसोलेसन प्रमुख सापकोटा मेचीनगर ४ र ६ का वडाध्यक्ष क्रमस नवीन वराल सन्तोष मेचेलगायतले उनीहरुलाई फूलका गुच्छा दिएर विदाई गर्नुभएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *