Sajhamanch Archive

युरोपमा कोरानाको भयावह बन्ने विश्व स्वास्थ संगठनको चेतावनी, गम्भीर बन्न आग्रह

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक हान्स क्लूगले पछिल्ला केही दिनदेखि युरोपमा कोरोनाभाइरसको संक्रमणको आँकडा हेरेर यसमा निकै गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे । उनले पछिल्लो दुई हप्तामा युरोपका सदस्य राष्ट्रमा कोरोनाको नयाँ संक्रमित संख्यामा दोब्बरले वृद्धि भइरहेको बताउदै निकै गम्भीर स्थिती निम्तिने सक्ने खतरा औल्याएका हुन् ।

हिजो कोपेनहेगनमा बोल्ने क्रममा क्लूगले अघिल्लो हप्ता युरोपभरी ३ लाख नयाँ संक्रमित थपिएको जानकारी पनि दिए । मार्च महिनामा महामारी उत्कर्षमा पुगेका बेलाभन्दा अहिले संक्रमण बढिरहेको उनले बताए ।

यो संख्या व्यापक परीक्षणको नतिजा भएपनि भाइरसको संक्रमण खतरनाक स्तरमा पुग्न लागेको बताउँदै यो आँकडालाई हामी सबैले निकै गम्भीर रुपमा लिनुपर्ने उनको भनाई छ । संसारभरी कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । गत वर्ष चीनबाट सुरु भएको यो भाइरसका कारण हालसम्म ९ लाख ४२ हजार बढीको मृत्यु भएको छ ।

डब्ल्यूएचओका अनुसार महामारीको सुरुवातदेखि अहिलेसम्म युरोपमा ५० लाख संक्रमित भेटिएका छन् भने २ लाख २८ हजारको मृत्यु भइसकेको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *