पत्रपत्रिका वर्गिकरण नतिजा खारेज गर्न माग
Published: (Updated: )
by .काउन्सिलले यही साउन २४ गते नतिजा सार्वजनिक गरेको थियो । उक्त नतिजामा राजनीतिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपावाद हावी भएको अारोप लगाउँदै युनियनले खारेज गरी पुनरावलोकन गर्न माग गरेको हो ।
‘पत्रपत्रिका र्दिइने सेवा सुबिधा बितरण गर्ने सञ्चार मन्त्रालय तथा काउन्सिलको बोर्ड सदस्यहरुलाई नतिजा खारेज गरी पुनरावलोकन गर्न नेपाल प्रेस युनियन जोडदार माग गर्दछ ।’ युनियनले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ।
पत्रपत्रिका बितरण संपरीक्षण समितिको सिफारिसलाईसमेत लत्याउदै बोर्ड बैठकसमेत नबसी फरक नतिजा प्रकाशन गरिएको आरोप युनियनको छ ।
‘काउन्सिलको एकलौटी रुपमा सूचना, सञ्चार तथा प्रबिधि मन्त्रालयमा बुझाइ सार्बजनिक गरिएको नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रुपमा हामीले लिएका छौ ।’ युनियनको टिप्पणी छ ।
आमसञ्चार माध्यमहरु काउन्सिलको कोपभाजनमा परेको भन्दै युनियनले देश्ाभरका पत्रकारलाई साथमा लिएर आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ ।
अनलाइनखबर
Comments