Sajhamanch Archive

मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन मंसिरदेखि

Published: (Updated: ) in लोकप्रिय, शिक्षा, स्थानीय तह by .

मेचीनगर। आगामी मंसिर पहिलो साताबाट मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

मेचीनगर नगरपालिका वडा नं.१० रघुवीरबाडी स्थित धुलावारी क्याम्पसमा सञ्चालित यो संस्था मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीभिटीको साझेदारी कार्यक्रम अन्तर्गत पर्दछ ।

मेचीनगर नगरपालिकाको शिक्षा शाखाले शुक्रबार नगरप्रमुख विमल आचार्यको सभाकक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधारदेखि सवै तयारी भएको जानकारी गराइएको हो ।

इन्स्टिच्युटका प्रमुख प्रशासक पुष्पराज पौडेलले नगरका तीनवटा कलेजमा विभिन्न विषयमा अध्ययन गराउने, विद्यार्थीहरुको तानातान, आफूले चाहेको विषय पढन टाढा-टाढा धाउनु पर्ने बाँध्यताको अन्त्यका लागि समेत धुलावारीमा प्राविधिक विषयको पढाई शुरु गर्न लागिएको बताए ।

मेचीनगरमा रहेका सामुदायिक काँकरभिट्टा क्याम्पसमा व्यवस्थापन, चारआलीको त्रिदेव क्याम्पसमा शिक्षा संकाय र धुलावारी क्याम्पसले प्राविधिक शिक्षाको व्यवस्था मिलाएको उनले बताए ।

मेचीनगर क्षेत्रमा प्रविधिक शिक्षा उच्च तहको अध्ययनको आवश्यतकालाई मध्येनजर गरी न्यूनतम शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीभिटीबाट सम्बन्धन लिई आर्किटेक्चर इन्जिनियरिङ र सुचना प्रविधिको ३ वर्षे डिप्लोमा तहका २ वटा कार्यक्रम सञ्चालन हुने पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा प्रिन्सिपल ईन्जिनियर रुद्र मैनालीले जानकारी दिए ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा इन्स्टिच्युटका प्रमुख व्यवस्थापक होमनाथ भण्डारीले दुवै कार्यक्रममा ४८/४८ जना विद्यार्थीको कोटा रहेको पत्रकार सम्मेलनमा बताए ।

मेचीनगर नगरपालिकाभित्र प्राविधिक शिक्षाका प्राविधिक एसएलसी तहका कार्यक्रम मात्रै सञ्चालन रहेकोमा मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको स्थापनाले डिप्लोमा तह अध्ययन गर्नै अवसर प्राप्त भएको समेत पत्रकारहरुलाई उनले जानकारी दिए ।

अध्ययनका लागि माध्यमिक शिक्षा परीक्षामा गणित र विज्ञान बिषयमा न्यूनतम सी ग्रेड तथा अंग्रजीमा डी प्लस गरेको हुनुपर्ने तथा विगताको एसएलसी उतीर्ण विद्यार्थीहरुका हकमा गणित, विज्ञान अंग्रेजी विषयक लिएको हुनुपर्ने आवश्यक योग्यता कायम गरिएको छ ।

नगरप्रमुख आचार्यले यसलाई नगरकै गहनाका रुपमा लिएर सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न सवैमा आग्रह गरे । उपप्रमुख मीना पोखरेल उप्रेतीले ‘प्राविधिक विषय पढौं स्वरोजगार बनौं’ भन्ने मुलमन्त्रलाई आत्मसाथ गरेर नगरपालिकाले मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको सञ्चालन गरेको दावी गरिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *