Sajhamanch Archive

आइपिएल आजदेखी युएईमा सुरु, उद्घाटन खेलमा मुम्बई र चेन्नईबीच भिडन्त

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । टि-२० क्रिकेट लिगमा सर्वाधिक चर्चित प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपिएल) आजदेखि सुरु हुँदैछ । यस वर्षको आइपिएल यएईमा हुँदैछ । कोरोना माहामारीका कारण यस बर्षको आइपिएल युएईमा हुने भएको हो भने कडा स्वास्थ्य प्रोटोकलका सावधानी अपनाइनेछ ।

आज हुने उद्घाटन खेलमा गत सिजनको साविक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर किङग्स खेल्दै छन् । खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुने छ ।

हाल सम्मको आइपिएलमा सबैभन्दा धेरै फाइनल खेलेका दुई टिम मुम्बई र चेन्नईबीचको यो उद्घाटन खेल रोचक हुने छ । यस खेललाई महेन्द्र सिंह धोनी भर्सेज रोहित शर्माको रुपमा पनि लिइएको छ । मुम्बई आइपिएल इतिहासमा सबैभन्दा धेरै उपाधि हात पार्ने टिम हो । मुम्बईले आइपिएलमा अहिलेसम्म चार पटक उपाधि हात पारेको छ भने चेन्नईले तीन पटक आईपिएल उपाधि जितेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *