Sajhamanch Archive

संविधान दिवसमा धाइजन चोकमा दिप प्रज्लवन

Published: (Updated: ) in लोकप्रिय, समाज by .

मेचीनगर । नेपाल तरुण दल र नेविसंघ मेचीनगरको संयुक्त आयोजनामा छैठौ संविधान दिवसको अवसर पारेर मेचिनगर नगरपालिका वडा नं.१२ धाइजन चोकमा दिप प्रज्लवन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल तरुण दल मेचीनगरका सदस्य सन्तोष मेचेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस झापा क्षेत्र नं.१ प्रदेश (ख)का सचिव विष्णु रिमाल रहेका थिए ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय सदस्य खगेन्द्र विष्ट, प्रमुख अतिथि रिमाल लगायतले आ-आफना धारणा राखेका थिए ।

उमेश खतिवडाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन नेविसंघ झापा जिल्ला सदस्य नविन खतिवडाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *