साहित्यकार आत्रेयद्वारा लिखित मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’ पुस्तक बिमोचन
Published:
by .मेचीनगर । संविधान तथा राष्ट्रिय दिवसको अवसर पारेर शनिबार एक भब्य कार्यक्रमका बिच ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’ बिमोचन भएको छ।
प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा सभा सदस्य प्राज्ञ यज्ञराज प्रसाईको प्रमुख आथित्यता तथा अग्रज साहित्यकारहरुको उपस्थितिमा बिमोचन भएको हो।
साहित्यकार तथा शिक्षासेवी बिष्णुभक्त आत्रेयद्वारा लेखिएको ‘मेरो जीवन यात्रा’ र ‘षड्तरङ्ग’ कृति नेपाली साहित्यको एउटा दह्रो खम्बा भएको प्रमुख अतिथि समेत रहेका प्राज्ञ यज्ञराज प्रसाई बताए।
मेचीनगर– ५ स्थित घैलाडुब्बा मन्दिर परिसरमा शनिबार साहित्यकार आत्रेयद्वारा लिखित कृति बिमोचन कार्यक्रममा अग्रज साहित्यकार पुण्यप्रसाद खरेल र भुवन सुब्बाको बिशेष अतिथ्यता रहेको थियो ।कार्यक्रममा साहित्यकार डिल्लीराज नेपाल, शिक्षासेवी कनक कार्की, हेमन्त निरौलालगायतको आतिथ्यता रहेको थियो ।
साहित्यकार बिष्णु भक्त आत्रेयको यो दोश्रो कृती हो। यस अघि उनले ज्ञान मञ्जरी’ कविता सङ्ग्रह प्रकाशनमा ल्याई सकेका छन् ।
प्रतिभा युवा परिवार मेचीनगरका कार्यक्रम संयोजक राजु गौतमले सञ्चालन गरेको पुस्तक बिमोचन कार्यक्रममा साहित्यकार, समाजसेवीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Comments