Sajhamanch Archive

मन्त्रिमण्डल पुनर्गठन हुने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको छ । नेकपाको पेरिसडाँडास्थित कार्यालयमा बसेको सचिवालय बैठकले मन्त्रिमण्ड पुनर्गठन गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा आजको सचिवालयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

पुनर्गठनको मापदण्डका विषयमा नीतिगत सुझाव दिइएको उनले बताए । मन्त्रिमण्डलमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभए पनि आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । कसलाई पठाउने भन्ने विषयमा आवश्यकताअनुसार प्रधानमन्त्रीसँग छलफल गर्ने निष्कर्षमा सचिवालय पुगेको छ ।

यस्तै संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुने गरी बैठकमा छलफल भएको उनले बताए । सो विषयमा निर्णय भने भएको छैन । यस्तै पार्टी एकीकरणका बाँकी कामहरु पूरा गर्ने र संगठन विभागको निर्णयमाथि छलफल गर्दै अनुमोदन गर्ने विषयमा पनि छलफल भएको छ । स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेको पदपूर्ति गर्ने, केन्द्रीय कमिटी सदस्यहरुलाई नियमितरुपमा आर्थिक सहयोग गर्ने विषयमा पनि सचिवालयमा छलफल हुने उनले बताए ।

पूर्णकालीन कार्यकर्तालाई कुनै न कुनै रुपमा सहयोग गर्ने पार्टीको नीतिअनुसार कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरी निर्णय हुनेछ । यस्तै संघीय सांसदहरुले कोभिडको अवधिको बैठकभत्ता के गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने उनले बताए । बैठक भोलि १ बजेका लागि पुनः बोलाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *