Sajhamanch Archive

६ महिनापछि चन्द्रगढी एयरपोर्टबाट दुई जहाजले उडान भरे

Published: in लोकप्रिय, समाज by .

झापा । लगभग ६ महिनापछि आज चन्द्रगढी एयरपोर्टबाट यति र बुद्ध एयरका दुई जहाजले यात्री बोकेर काठमाडौं उडान भरेका छन् ।

सोमवार १२ बजेतिर बुद्ध एयरको र १२ : ४५ बजेतिर यति एयरको जहाजले चन्द्रगढी एयरपोर्टबाट लामो समय पछि उडान भरेका एयरपोर्ट प्रमुख मुरारी पौडेल जानकारी दिए । एयरपोर्टमा यात्रुको स्वास्थ्य सुरक्षा र जाँचका लागि विशेष व्यवस्था गरिएको छ ।

कोभिड १९ का कारण चैत ११ गते सरकारले लकडाउन गरेयता मुलुकभरका एयरपोर्ट बन्द छन् ।

अनिमेष ट्राभल्सका प्रबन्ध निर्देशक गोपाल खनालका अनुसार विमानस्थलमा लामो अवधिपछि उडान सञ्चालन हुँदा यात्रु, कर्मचारी, विमान सञ्चालक, पर्यटन व्यवसायीलगायत सबैमा खुशीको माहोल थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *