Sajhamanch Archive

निःशुल्क स्वास्थ्य शिविरमा ७ सय बढीको स्वास्थ्य परीक्षण

Published: (Updated: ) in स्वास्थ्य by .

विर्तामोड । गरिब निमुखा वर्गलाई लक्षित गरि बिर्तामोड ९ नडियाबारीमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय बढी बिरामी लाभान्वित भएका छन् ।

मुसहर बस्ती विकास निर्माण समितिको आयोजना, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग र बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताबजारको सहकार्यमा शिविर सम्पन्न भएको हो । शिविरमा एलोपेथिक तर्फ ५ सय ४० र आयुर्वेदिक तर्फ १ सय ७० जनाले निःशुल्क उपचार सेवा लिएका थिए ।

एलोपेथिक तर्फ फिजिसियन डा. दिपेश पोखरेल, स्त्री रोग बिशेषज्ञ डा ममता घिरैया अग्रवाल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा लक्ष्मी मैनाली, नाक कान तथा घाटी रोग बिशेषज्ञ डा रणधीर राजवंशी र पूर्ण टुङ बिर्ता सिटी अस्पतालका मेडिकल अधिकृत उत्सव श्रेष्ठ र आयुर्वेदिक चिकित्सक डा अहिल्या मैनालीले निशुल्क उपचार सेवा दिएका थिए ।

शिविरमा बिर्तामोड वडा न ३, ९, १०, ६ र ८ का बिरामीहरुले उपचार गरेका थिए । निशुल्क उपचार संगै निःशुल्क ल्यावको समेत सुविधा रहेको शिविरमा एलोपेथिक तर्फ २ लाख र आयुर्वेदिक तर्फ १ लाख भन्दा बढीको औषधी निःशुल्क वितरण गरिएको नेपाल रेडक्रस सोसाइटीका तर्फबाट कार्यक्रम संयोजक जिवनकुमार खड्काले बताए ।

त्यसैगरी बयोवृद्ध र अशतmहरुलाई एक–एक वटा भिटामिन र जुस पनि वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखा सभापति सजेश शिवाकोटीले बताए । पैसा नभएर उपचार नपाएका बिरामीहरुलाई प्राथमिकतामा राखेर आयोजित शिविरमा आउने जाने बिरामीहरुका लागि आयोजकले निःशुल्क सवारी साधनको व्यवस्था मिलाएको बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्रकी कोषाध्यक्ष जानुका थापामगरले बताए ।

बिर्तामोड ३ स्थित मुसहर वस्तीका बयोवृद्ध निर्बुधी मुसहरलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य एकराज कार्कीले र विर्तामोड नगरपालिकाका मेयर प्रमुख ध्रुवकुमार शिवाकोटीले भिटामिन तथा फलफूल दिँदै शिविरको उद्घाटन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *