Sajhamanch Archive

नेपाल प्रहरीमा ३९ सय १२ जना संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ३९ सय १२ पुगेको छ । जसमध्ये १९ सय ३ जना सक्रिय संक्रमित छन् । तीमध्ये २३ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै एक हजार २७ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार काठमडौंस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत २८९ जना संक्रमित छन् भने काठमाडौं उपत्यकामा ७ सय ३८ जना सक्रिय संक्रमित छन् ।

यस्तै प्रदेश १ मा १६८ जना सक्रिय संक्रमित छन् । प्रदेश २ मा १७२ जना, वाग्मती प्रदेशमा १२९ जना, गण्डकी प्रदेशमा १५१ जना, प्रदेश ५ मा १३९ जना, कर्णाली प्रदेशमा ५४ जना र सुदूरपश्चिम प्रदेशमा ६९ जना सक्रिय संक्रमित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *