Sajhamanch Archive

कोरोना संक्रमितको उपचारमा संलग्नको २५ लाखको बिमा

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा संलग्नहरुको २५ लाखको निःशुल्क बिमा गर्ने भएको छ ।

मन्त्रिपरिषद्को १ असोजको बैठकले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निशुल्क बीमा क्षतिपूर्ति दिन सहमति दिएको हो ।

यो बिमा साउन १ गतेदेखि कोभिड महामारीको अवधिभर लागू हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *